Pura Samachar

पूर्वसांसद् वीरबहादुर लामाको निधन

प्रकाशित: November 8, 2020

पूर्वसांसद् वीरबहादुर लामाको निधन

काठमाडौँ- पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ७० वर्षीय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए।

निमोनिया भएपछि सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी २०३३ सालमा नख्खु जेलबाट सुरूङ खनेर भागेका राजबन्दी मध्येका एक थिए ।

प्रतिक्रिया