
काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।
पाकिस्तान ‘ए’ विरुद्ध कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले सबै विकेट गुमाउदैँ १८० रनको लक्ष्य दिएको हो ।
कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौँ विकेटका लागि २८ रनको साझेदारी भएको थियो । पाकिस्तानका सहनवाज दहानीले ५ र मुहम्मद वासिमले ४ विकेट लिए। सोमपालले एक सय १ बलमा २ छक्का र ९ चौका प्रहार गरेका थिए ।
प्रतिक्रिया