पर्सा । सशस्त्र प्रहरीले पर्साबाट भन्सार छलीको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक करोड ३६ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया