Pura Samachar

सिटिजन्स लाइफ इन्सुरेन्सकाे आइपीओ आजदेखि बिक्री खुला

प्रकाशित: July 16, 2023
पूरा समाचार

सिटिजन्स लाइफ इन्सुरेन्सकाे आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । सिटिजन्स लाइफ इन्सुरेन्सले आजदेखि आइपीओ बिक्री खुला गरेको छ।

यस इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आइपीओ खुलाएको हो।

आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०५ ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

यसको १०५ अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो। कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

प्रतिक्रिया