काठमाडाैं । संघीय संसद सचिवालयले सांसदहरूकाे सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेकाे छ । संघीय संसदका सम्पूर्ण सांसदलाई आर्थिक वर्ष सकिएकाे ६० दिनभित्र आफ्नाे सम्पत्ति विवरण बुझाउन संघीय संसद सचिवालयअन्तर्ग्त सांसद सुविधा व्यवस्थापन शाखाले आग्रह गरेकाे हाे ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय संसदका प्रत्येक सदस्यले आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
सचिवालयले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् आगामी भदौ २८ गतेसम्म आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्ने सूचनामा भनिएकाे छ ।
प्रतिक्रिया