Pura Samachar

राष्ट्रपति रामचन्द्र पौडेलले  आर्थिक वर्ष २०८०, ०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

प्रकाशित: July 16, 2023
पूरा समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले  आर्थिक वर्ष २०८०, ०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  आर्थिक वर्ष २०८०, ०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आइतबार प्रमाणीकरण गर्नुभएको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति निकालेर बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी गराएको हो ।  राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि बजेट कार्यान्वयनको बाटो खुलेको छ  । आगामी आर्थिक वर्षको बजेट साउन १ गतदेखि कार्यान्वयन हुनेछ ।

आर्थिक वर्ष २०८०, ०८१ को बजेट अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्रीले प्रस्तुत गरेपछि बजेटप्रति प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल तथा पारित भई समामुख हुँदै विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पठाइएको हो ।

प्रतिक्रिया