काठमाडाैं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको हो।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाउनुभएकाे उहाँकाे सचिवालयले जानकारी दिएको छ।
बैठक दिउँसो २ बजे बस्नेछ।
देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भाेलि (मंगलबार) बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ। गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनपछि स्थगित बैठक साउन २ गते बस्दैछ। आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएकाे छ।
प्रतिक्रिया