Pura Samachar

विदेश जाने क्रम ह्वात्तै बढयाे, आव २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेश रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२८

प्रकाशित: July 18, 2023
पूरा समाचार

विदेश जाने क्रम ह्वात्तै बढयाे,  आव २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेश रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२८

काठमाडौं– सरकारले मुलुकभित्र रोजगारी अवसर उपलब्ध नगराउँदा शिक्षित, अशिक्षित युवा जमता रोजगारीका लागि विदेश जाने क्रम ह्वात्तै बढेको छ। पछिल्लो दुई वर्षदेखि विदेश रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार आव २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेश रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२८ रहेको छ। यो संख्या हालसम्मकै उच्च रहेको विभागका निर्देशक गुुरुदत्त सुुवेदीले बताए। विदेश रोजगारीका लागि आव २०७८÷७९ मा ६ लाख ३० हजारले श्रम स्वीकृति लिएको विभागको विवरणमा उल्लेख छ।

विदेश रोजगारीमा जानेमध्ये चालू आवमा सबैभन्दा बढी श्रम स्वीकृति कात्तिकमा लिएको देखिन्छ। कात्तिकमा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले लिएका छन्।

विभागका तथ्यांकअनुसार गत असारमा ७१ हजार ५ सय, साउनमा ६५ हजार ४६२, भदौमा ७६ हजार ४०३, मंसिरमा ६८ हजार ५६४, पुसमा ६४ हजार ४६४ र माघमा ६४ हजार २८४ जना विभागबाट श्रम स्वीकृति लिएर कामका लागि बिदेसिएका छन्।

यस्तै, गत जेठमा ५९ हजार ४२२, फागुुनमा ६१ हजार ८४५, चैतमा ६१ हजार ४७८ र असोजमा ५८ हजार १९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया