Pura Samachar

सेयर बजार वृद्धि,परिसुचक २१५४.०७ अंकको बिन्दुमा

प्रकाशित: July 18, 2023
पूरा समाचार

सेयर बजार वृद्धि,परिसुचक २१५४.०७ अंकको बिन्दुमा

काठमाडौं । सोमबार पनि सेयर बजार वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ९.९१ अंकले वृद्धि भएको हो ।

अघिल्लो दिन उछाल आएको बजारमा आज भने एकल अंकमा बढोत्तरी देखिएको हो । आज बजार परिसुचक २१५४.०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंकिङ्ग समूह १३.७४ अंक, लगानी समूह ०.१४ अंक, जीवन बीमा समूह १८.८४ अंक, निर्जीवन बीमा समुह १७८.७३ , माइक्रोफाइनान्स १७.८७ , उत्पादक तथा प्रशोधन समूह ७७.९६ अंक र अन्य इन्डेक्स ७.७१ अंकले वृद्धि भएको छ। यस बाहेक अरु समूहहरु भने घटेका छन् ।

सोमबार कारोबार रकम भने वृद्धि भएको छ। आज ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया