
काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखीएको हो ।
सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा उक्त दिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखी मंगलबारका लागि पेशी तोकिएको थियो ।
तर मंगलबार पनि सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । अब बुधबार पनि सोही इजलासमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुनेछ ।
थुनामा रहेकाहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध सर्वोच्च अदालत पुगेको थियो । सबै रिट र निवेदनलाई एकैसाथ लगाउमा राखी सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया