Pura Samachar

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

प्रकाशित: July 19, 2023
पूरा समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । यस अघि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा नेताहरूले विभिन्न प्रस्तुति राखेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राख्नुभएकाे थियाे । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएकाे थियाे।

बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजबाट प्रत्येक केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि सात मिनेटको समय उपलब्ध गराइने बताइएको छ।

प्रतिक्रिया