
काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेर्कड राखेको छ । यो मूल्य हालसालको उच्च मूल्य हो ।
यसअघि जेठ ३० गते सुनको मूल्यले एतिहासिक रेर्कड राख्दै प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको थियो ।
उक्त रेर्कडलाई पार गर्दै आज बुधबार सुनको मूल्य प्रतितोला एक लाद १३ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएकको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ५५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ अघिल्लो दिन एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया