Pura Samachar

ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

प्रकाशित: July 19, 2023
पूरा समाचार

ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा बुधबार पनि सुनुवाइ हुने भएको हो ।

सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रतिक्रिया