Pura Samachar

फिफा महिला विश्वकप आजदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदै

प्रकाशित: July 20, 2023
पूरा समाचार

फिफा  महिला विश्वकप आजदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदै

काठमाडौं : फिफा महिला  विश्वकपकाे नवौं  संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन भने  न्युजिल्याण्डमा हुनेछ।  उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ।

यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म  हुनेछ।

प्रतिक्रिया