Pura Samachar

सुनको मूल्यले एतिहासिक रेकर्ड

प्रकाशित: July 20, 2023
पूरा समाचार

सुनको मूल्यले एतिहासिक रेकर्ड

काठमाडौं । सुनको मूल्यले एतिहासिक रेकर्ड राखेको छ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर आज प्रततोला एक लाख १३ हजार छ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसालको उच्च रहेको छ ।

यसअघि जेठ १९ गते सुनले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार अघिल्लो दिन १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ९० रुपैयाँका कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया