काठमाडौँ । पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।
श्रीलंका टूरमा रहेको पाकिस्तानले सिरिजको पहिलो खेल ४ विकेटले जितेको हो ।
श्रीलंकाले दिएको १३१ रनको लक्ष्य पाकिस्तानले टेस्टको पाँचौं दिन ६ विकेट गुमाउदै जितेको हो ।
यसअघि श्रीलंकाले पहिलो इनिंगमा ३१२ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ४६१ रन बनाउदै पहिलो इनिंगमा १४९ रनको अग्रता लिएको थियो । त्यसपछि श्रीलंका दोस्रो इनिंगमा २७९ रन बनाएर अल आउट भएको थियो ।
यो जितपछि पाकिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जुलाई २४ बाट शुरु हुने छ ।
प्रतिक्रिया