Pura Samachar

नेपालको फिफा वरीयता यथावत

प्रकाशित: July 20, 2023
पूरा समाचार

नेपालको फिफा वरीयता यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नया फिफा वरीयतामा नेपालको स्थान यथावत नै बनेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७५औं स्थानमा यथावत रहेको हो ।

नेपालले ९ सय ५८.०५ अंक प्राप्त गरेको छ ।

नेपालले यो महिना भारतमा साफ च्याम्पियनसिप खेलेको थियो।

प्रतिक्रिया