
काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा नाइजेरिया र क्यानडाबीचको खेल बराबरीमा सकिएको छ। मेल्बर्न रेक्ट्याङगुलर स्टेडियममा शुक्रबार भएको नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलको ५१औं मिनेटमा क्यानडाले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा क्रिस्टिन सिन्क्लेयरले गोल गर्नबाट चुकिन्।
खेलको इन्ज्युरी समयान डेबोरा अबियोडुले रेड कार्ड पाइन्। यो जारी प्रतियोगिताको पहिलो रेड कार्ड हो।
प्रतिक्रिया