Pura Samachar

काठमाडौंको फोहर बञ्चरेडाँडामा झार्नका लागि प्रहरी परिचालन

प्रकाशित: July 21, 2023
पूरा समाचार

काठमाडौंको फोहर बञ्चरेडाँडामा झार्नका लागि प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको फोहर बञ्चरेडाँडामा झार्नका लागि प्रहरी परिचालन गरिएको छ । फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि फोहर व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौंमा फोहोर बढ्न पुगेको छ ।

अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्।

प्रतिक्रिया