Pura Samachar

महिला विश्वकप फुटबलमा आज चार खेल हुँदै

प्रकाशित: July 22, 2023
पूरा समाचार

महिला विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं :  महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आज पहिलो खेलमा विहान ६ बजेर ४५ मिनेटमा साविक विजेता अमेरिकाले भियतनामसँग खेल्दैछ। न्यूजिल्यान्डको इडन पार्कमा हुने खेलमा समूह इ मा रहेको साविक विजेता अमेरिकाले भियतनामसँग खेल्न लागेको हो।

आजै हुने अर्को खेलमा जाम्बिया र जापान भिड्नेछन्। न्यूजिल्यान्डको एफएनजी स्टेडियम वाइकाटोमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ। शनिबार नै भएको खेलमा इंग्ल्याण्ड र हाइटी भिड्नेछन्। यी दुई टोलीको खेल अष्ट्रेलियामा दिउँसो सवा ३ बजे हुनेछ।

समूह डीमा रहेका चीन र डेनमार्कको खेल पनि आजै ‍छ। यी दुईबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे अष्ट्रेलियाको पाथ रेक्टेङ्गुलर स्टेडियममा हुनेछ।

गत बिहीबारदेखि न्यूजिल्यान्ड र अस्ट्रेलियामा जारी विश्वकपको उद्घाटन खेलमा दुवै देशका टोलीले विजयी सुरुवात गरेका छन् भने शुक्रबार भएको खेलमा  स्पेनले कोस्टारिकालाई तथा  स्विट्जरल्याण्डले फिलिपिन्सलाई हरायो। यस्तै क्यानडा र नाइजेरियाले गोलरहीत बराबरी खेले।

प्रतिक्रिया