
काठमाडौं । हानाता मायाजावाको दुई गोलको मदतले जापानले वुमेन्स वर्ल्डकप २०२३ मा शनिबार जाम्बियालाई ५–० ले पराजित गर्दै उत्कृष्ट सुरुआत लिएको छ ।
प्रतियोगितामा डेब्यु गरिरहेको जाम्बियाले जापानले तेर्साएको चुनौती बलियोसँग सामना गर्न सकेन् ।
जापानका लागि मिना तानाका, जुन एन्डो र रिको उकेईले एक एक गोल गरे । उकेइले पेनाल्टीबाट गोल गरिन् र त्यस अगाडि गोलरक्षक काथरिन मुसुन्डो रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहिन् ।
यससँगै जाम्बिया दस खेलाडीमा सीमित रह्यो । यस जितपछि जापान गोल अन्तरको आधारमा स्पेनलाई उछिनेर शीर्ष स्थानमा रहन सफल रह्यो ।
प्रतिक्रिया