काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज आइतबार मध्याह्न सार्वजनिक गर्दैछ। मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले अहिले बिहान पौने ८ बजे सञ्चालक समिति बैठक बोलाएको छ।
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष सुरु भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सबै आन्तरिक तयारी पूरा गरेको छ।
मौद्रिक नीति मस्यौदा गत शुक्रबार नै उच्च व्यवस्थापनले पारित गरेको थियो। जसमा राष्ट्र बैंक सञ्चालक समितिले छलफल गरी पारित गरेपछि आइतबार मध्याह्न मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया