काठमाडौं । अबदेखि सार्वजनिक यातायातका चालक र सहचालकले अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ ।
काठमाडौं उपत्यकामा संचालन हुने सार्वजनिक यातायातका चालक र सहचालकले अनिवार्य पोसाक लगाउनपर्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा आयोजित एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातका कर्मचारीलाई पोसा र परिचयपत्र वितरण गरेका छन् । मन्त्री जवालाले यातायात कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्ने नियम बसालेका हुन् ।













प्रतिक्रिया