काठमाडौं। काठमाडौंको सोह्रखुट्टे उकालोमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बालुवाटारमा बस्दै आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१० का २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो।
नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब सवा ६ बजे बा४ख ७४११ नम्बरको यात्रीवहाक बसले बा६४प ४९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुवै सवारीसाधनसहित बस चालकलाई प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया