Pura Samachar

आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्सँग पराजित

प्रकाशित: July 25, 2023
पूरा समाचार

आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्सँग पराजित

काठमाडौं– आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्सँग पराजित भएको छ। आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो।

फिलिपन्सको जितमा सरिना बोल्डेनको एक मात्र गोल निर्णायक बन्यो। उनले खेलको २४औं मिनेटमा गोल गरिन्। खेल अवधिभर आफ्नो पकड बल राखिरहे पनि न्युजिल्यान्ड गोल गर्नबाट असफल रह्यो।

हारसँगै न्युजिल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिन असफल भएको छ। उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई पराजित गरेको थियो। आजको खेलमा फिलिपन्सले पहिलो जित हात पारेको छ। फिलिपिन्स पहिलो खेलमा पराजित भएको थियो।

प्रतिक्रिया