काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ ।
बिहीबार (अघिल्लो दिन) छापावला सुनको मूल्य प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ कारोबार भएको थियो भने आज एक लाख १२ हजार छ सय रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया