
काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जापानको क्लब सेरेजो ओसाकासँग पराजित भएको छ । शुक्रबार भएको खेलमा पीएसजी जापानको क्लब सेरेजो ओसाकासँग २–३ गोल अन्तरले पराजित गरेको हो ।
१७ औं मिनेटमा ह्युगो एकिटिकेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । जोर्डी क्राउक्सले २२ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
भिटिन्हाले ४९ औं मिनेटमा पुन पीएसजीलाई अग्रता दिलाएका थिए । सोता किटानोले ६७ औं मिनेटमा ओसाका क्लबका लागि बराबरी गोल गरे ।
बराबरीतर्फ उन्मुख देखिएको खेलमा ११ मिनेट बाँकी छदाँ भेट्रान जापानी स्टार सिन्जी कागावाले गोल गर्दै जापानी क्लबलाई ३–२ को जित दिलाए ।
प्रि–सिजन टूरमा रहेको पीएसजी जापानमा छ । स्टार खेलाडी केलियन एमबाप्पेलाई टिम बाहिर राख्दै प्रि–सिजन टूरमा निस्किएको पीएसजीको तयारी राम्रो हुन सकेको छैन ।
पीएसजी प्रि–सिजनकै पहिलो खेलमा साउदी क्लब अल नासिरसँग गोल रहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया