Pura Samachar

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा

प्रकाशित: July 29, 2023
पूरा समाचार

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो।

१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मूल्य राखेर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया