Pura Samachar

आजदेखि कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

प्रकाशित: July 30, 2023
पूरा समाचार

आजदेखि कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

काठमाडौं । कोरियन भाषा परीक्षाको लागि आवेदन खुलेको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया