Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 30, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ कारोबार भएको थियो भने आज एक लाख १२ हजार नौ सय रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया