Pura Samachar

वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता

प्रकाशित: July 30, 2023
पूरा समाचार

वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता

काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि सानदार जित दर्ता गरेको छ ।

वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको सानदार जित हात पारेर तीन खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ

भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्टइन्डिजको जितमा कप्तान शाई होप ८० बलमा २ चौका र २ छक्कासहित अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । केसी कार्टी ६५ बलमा ४ चौकासहित ४८ रनमा अविजित रहे ।

वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र कायल मेयर्सले ५० बलमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।

मेयर्सले २८ बलमा ४ चौका र २ छक्कासहित ३६ तथा किंग २३ बलमा १५ रन बनाए ।

भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकोगरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।

भारतका ओपनर ईशान किशनले ५५ बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । अर्का ओपनर शुभमन गिल ४९ बलमा ५ चौकासहित ३४ रनमा आउट भए ।

भारतलाई गिल र किशनले पहिलो विकेटका लागि १६ दशमलब ५ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

सूर्यकुमार यादव २४ तथा शार्दुल ठाकुर १६ रनमा आउट भए ।

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड र गुडाकेश मोतीले समान ३/३ विकेट लिए । अल्जारी जोशेफले २ तथा जयडेन सिल्स र यानिक कारियाहले समान १/१ विकेट लिए ।

तेस्रो तथा निर्णयक ओडीआई खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया