Pura Samachar

नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझी, कांग्रेस नेता एव पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा गर्नुपर्ने निवेदन लिएर पाटन उच्च अदालतमा

प्रकाशित: August 1, 2023
पूरा समाचार

नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझी, कांग्रेस नेता एव पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा गर्नुपर्ने निवेदन लिएर  पाटन उच्च अदालतमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु आफुहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पाटन गएका छन ।

जिल्ला अदालतबाट आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझी, कांग्रेस नेता एव पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पाटन उच्च अदालत गएका हुन ।

उनीहरुले मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश मागेका छन् ।  उच्च अदालत पाटनले खाण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश यसअघि नै गरिसकेको छ । नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाइदिने ठकी प्रकरणमा  नेताहरु पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया