Pura Samachar

पेट्रोलियम पदार्थको भाउ ह्वात्तै बढयाे,पेट्रोलमा प्रतिलिटर ९ र  डिजेल तथा मट्टितेलको लिटरमा ७ / ७ रुपैयाँ  बढायाे ,प्रतिसिलिण्डर १३० रुपैयाँ घटायाे

प्रकाशित: August 1, 2023
पूरा समाचार

पेट्रोलियम पदार्थको भाउ ह्वात्तै बढयाे,पेट्रोलमा प्रतिलिटर ९ र  डिजेल तथा मट्टितेलको लिटरमा ७ / ७ रुपैयाँ  बढायाे ,प्रतिसिलिण्डर १३० रुपैयाँ घटायाे

काठमाडौं ।  पेट्रोलियम पदार्थको भाउ ह्वात्तै बढेको छ ।

नेपाल आयल निगमले  निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ९ र  डिजेल तथा मट्टितेलको लिटरमा ७ ७ रुपैयाँ  बढाएको हो ।

निगमको मंगलबार बसेको बैठकले  पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको भाउ अन्तराष्टिय मूल्य अनुसार समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायोजन गरिएको निगम जनाएको छ ।

प्रतिक्रिया