Pura Samachar

सेयर बजार झिनो अकंले बढयाे

प्रकाशित: August 2, 2023
पूरा समाचार

सेयर बजार झिनो अकंले बढयाे

काठमाडौं । साताको चौथो कारोबारको दिन बजार झिनो अकंले बढेको छ । मंगलबार राताम्य भएको बजार आज सामान्य सुधार आएको हो । दिन भरी ओरालो लागेको बजार अन्तिम १० मिनेटमा बजारमा सुधार देखिएको हो ।

सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए । तर बजार बन्द भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका केही व्यवस्थाको थप ब्याख्या गरेर भावि निर्देशनबारे पूर्व जानकारी गराए । उनले २५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशतमात्रै जोखिम भार राख्नुपर्ने पुरानो व्यवस्थालाई ५० लाखसम्मको सीमामा विस्तार गर्न खोजिएको बताए । यसले करोडौं, अर्बैं लगानी गर्ने ठूला लगानीकर्ता बेखुस भए र बजार ओरालो लाग्न थाल्यो । आज भने झिनो सुधार देखिएको हो ।

वित्तीय प्रणालीमा तरलता बढिरहेको छ । गत साल ठूलो वित्त घाटा व्यहोरेको राज्य कोषमा अहिले रकम जम्मा हुने क्रम बढेको छ । यसले सरकारी खर्चका लागि स्रोत व्यवस्थापनमा योगदान गर्छ । यही साउनदेखि ब्याजदर अन्तर (स्प्रेड) घटाउनु पर्ने राष्ट्र बैंकको निर्देशनले पनि आउँदा दिनमा ब्याजदर ओरालो लाग्ने पक्कापक्की छ । सोहि कारणले बजारमा सुधार देखिएको छ ।

बजार आज ९.२५ अकंले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको छ । २६९ सूचीकृत कम्पनीको ९३ लाख ३८ हजार ७७९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया