काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतले थप ७ दिन अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सीआईबीले ललिता निवास प्रकरणमा जोडिएका विरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद दिएको छ ।
म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका २१ जना छन् ।
प्रतिक्रिया