Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: August 4, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (बिहीबार) छापावला सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिनसोही मूल्यमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनसोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया