Pura Samachar

स्पेनले पहिलो पटक शनिबार वुमेन्स वर्ल्डकपको क्वाटरफाइनलमा

प्रकाशित: August 5, 2023
पूरा समाचार

स्पेनले पहिलो पटक शनिबार वुमेन्स वर्ल्डकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनले पहिलो पटक शनिबार वुमेन्स वर्ल्डकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई सजिलै ५–१ ले पराजित गर्‍यो ।

अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो नकआउट खेलमा स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् ।

अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थपे । स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन ।

प्रतिक्रिया