Pura Samachar

आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्यो

प्रकाशित: August 7, 2023
पूरा समाचार

आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्यो

काठमाडौं । लण्डन क्लब आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

आईतबार राति म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ४–१ ले हराउँदै आर्सनलले सिजनको पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

खेलको ७७ औं मिनेटमा कोल पामरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै पामरले प्रिमियर लिगको विजेतालाई जितको नजिक पुर्याएका थिए ।

खेलको अन्तिम मिनेटमा आर्सनलका लिएन्ड्रो ट्रासार्डले गोल गर्दै खेललाई टाइब्रेकरमा धकेलेका थिए । जसमा लण्डन क्लबले बाजी मार्यो ।

जित सहित आर्सनलले यस सिजनको प्रिमियर लिगको उपाधिमा बलियो दाबी पेश गरेको छ ।

गत सिजन आर्सनलले २ सय ४८ दिन प्रिमियर लिगको तालिकामा अगता दिएको थियो । तर अन्तिममा लिग उपाधि सिटीलाई सुम्पिन पर्यो । लिग उपाधि सहित सिटीले ट्रेबल उपाधिनै जित्यो । जसमा च्याम्पियन्स लिगको उपाधि समेत सामेल थियो ।

प्रतिक्रिया