Pura Samachar

ललितानिवास सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित: August 7, 2023
पूरा समाचार

ललितानिवास सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले जनाएको छ। आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो।

प्रतिक्रिया