Pura Samachar

प्रतिनिधि सभाको बैठक स्थगित,भोलि दिउँसो ३ बजे बस्ने

प्रकाशित: August 7, 2023
पूरा समाचार

प्रतिनिधि सभाको बैठक स्थगित,भोलि दिउँसो ३ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेपछि बैठक पटक पटक नबसी स्थगित हुँदै आइरहेको छ ।

सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख छलफल गरिरहेका छन् ।

प्रतिक्रिया