Pura Samachar

कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित: August 8, 2023
पूरा समाचार

कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं : कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अष्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको खेलमा जमैकालाई १–० गोलअन्तरले पराजित गर्दै कोलम्बिया अन्तिम आठमा प्रवेश गरेको हो। कोलम्बियाको जितमा क्याटलिना उस्मेले ५१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यसैगरी मंगलबार अपरान्ह पौने ५ बजे फ्रान्स र मोरक्को हिन्दमार्स स्टेडियममा आमने सामने हुनेछन् । फ्रान्स समूह एफबाट विजेता बन्दा मोरक्कको समूह एचको उपविजेता बनेको थियो ।

अहिलेसम्म कोलम्बियासहित स्पेन, नेदरल्याण्ड्स, जापान, स्विडेन, अस्ट्रेलिया र इंग्ल्याण्डले क्वार्टरफाइलनमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया