Pura Samachar

भारतले गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा ७ विकेटको जित

प्रकाशित: August 9, 2023
पूरा समाचार

भारतले गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा ७ विकेटको जित

काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा कमब्याक गरेको छ ।

यसअघि लगातार दुई खेलमा हार बेहोरेको भारतले गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै भारतले सिरिजमा कमब्याक गरेको हो ।

वेस्ट इन्डिजले दिएको १६० रनको लक्ष्य पछाएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सूर्यकुमार यादवले ४४ बलमा ८३ रन बनाए भने तिलक वर्माले अविजित ४९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।

यो खेलपछि ५ खेलको सिरिजमा वेस्ट इन्डिज अझै २-१ ले अगाडी रहेको छ । अब सिरिजको चौथो खेल आगामी शनिबार हुने छ ।

प्रतिक्रिया