Pura Samachar

सेयर बजार बुधवार बजारमा ४१.०६ अंकको उछाल

प्रकाशित: August 9, 2023
पूरा समाचार

सेयर बजार बुधवार बजारमा ४१.०६ अंकको उछाल

काठमाडौं । सेयर बजारको आएको निरन्तर गिरावटमा ब्रेक लागेको छ । बुधवार बजारमा ४१.०६ अंकको उछाल आएको छ । साताको तेस्रो कारोबार दिनसम्म लगातार घटेको बजार बुधवार भने दोहोरो अंकले वृद्धि भएको हो ।

साताको चौंथो कारोबार दिन बजार परिसुचक पनि २०६०.९१ अंकको बिन्दुमा पुगेको छ । आज म्युचुअल फण्डमा सामान्य गिरावट देखिएको छ । यस बाहेकका अन्य समूहरुमा हरियाली छाएको छ ।

आज बैंकिङ सबइन्डेक्स १२.१९ अंक, विकास बैंक ९४.८५ अंक, होटेल तथा पर्यटन १८८.५०, जलविद्युत ६२.४१, फाइनान्स ५८.६४, माइक्रोफाइनान्स ५२.२३ अंक, जीवन बीमा समूह ३४३.७४ र निर्जीवन बीमा समूह ३१०.५२ अंकले बढेको छ ।

बुधवार कारोबार रकम पनि वृद्धि भएको छ । सो दिन १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँ बराबरको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ ।

आज पनि आइएमई लाइफको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको ८ करोड ४७ लाख ९४ हजार, तेस्रो स्थानमा रहेको नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया