Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: August 11, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला एक लाख १० हजार ५५० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रततिोला एक हजार ३७५ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन भने १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया