इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरुहुँदै छ ।
नेपाली समय अनुसार राति पौने १ बजे डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यसै सिजन बढुवा भएको बर्नलेसँग खेल्ने छ । बर्नलको मैदान टर्फ मोरमा हुने खेलमा सिटी लगातार जित निकाल्दै अघि बढ्दा बर्नले पनि यो सिजनको पहिलो खेल जित्दै प्रिमियर लिगमा सुखद् सुरुआत गर्ने लक्ष्यमा हुने छ ।
सिटी पछिल्ला १२ खेलमा अपराजित रहेको छ । सिटीमा एर्लिङ हालान्ड उत्कृष्ट लयमा छन् भने बर्नले बेन्सन म्यानुएलको भर पर्ने छ । च्याम्पियनसिपबाट टिमलाई बढुवा गराउँदा टिममा सर्वाधिक गोलकर्ता बनेका नाथन टेला अहिले लोनबाट फिर्ता भएर साउथह्याम्पटनमै फर्किएका छन् ।
बर्नलेको सम्भावित ११
जेम्स ट्राफोर्ड, कोनर रोबर्ट्स, जोर्डन बेयर ,जोश ब्राउनहिल, दारा ओ शि, आमिन अल दाखिल, भितिनो, अनस जरौरी, लियोल फोस्टर, मोहम्मद जेकी, र जोहान गुडमन्डसन ।
म्याचेस्टर सिटीको सम्भावित ११
एडरसन, काइल वाकर, म्यानुअल अकान्जी, म्याथ्यू कोभासिक, जोन स्टोन्स, रुबेन दिनहरू,बर्नार्ड सिल्भा, रोड्रिगो रोड्रिगो, एर्लिङ हालान्ड, जुलियन अल्भारेज, ज्याक ग्रीलिस
प्रतिक्रिया