काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे आर्सनल र नटिङ्घम फरेस्ट खेल्दैछन् ।
सिटी साविक उपाधि विजेता टोली हो । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो । सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो ।
सिटी एकै सिजनमा यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो ।
प्रतिक्रिया