काठमाडौं । फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो ।
अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।
प्रतिक्रिया