
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।
आजदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
यस्तै, २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
त्यसैगरी, ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको कम्पनीले १ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको छ।
यो आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
प्रतिक्रिया