Pura Samachar

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

प्रकाशित: August 14, 2023
पूरा समाचार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।

समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

प्रतिक्रिया