Pura Samachar

पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका एसिया कपका लागि नेपाली टोली घोषणा

प्रकाशित: August 14, 2023
पूरा समाचार

पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको छ।

एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तान र १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ। नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।

प्रतिक्रिया